• २०८१ भदौ २५ मंगलबार

माइतीघरमा मंसिर ७ मा युवा संघ र दुर्गा प्रसाईँ समूहलाई कार्यक्रम गर्न रोक

kharibot

काठमाडौं । मंसिर ७ गते हुने भनिएको एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको विरोध प्रदर्शन माइतीघरमा गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्याल काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले दिएको जानकारी अनुसार कुनै पनि समूहलाई मंसिर ७ गते माइतीघरमा कार्यक्रम गर्न नदिइने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले दुवै समूहलाई बोलाएर माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय जानकारी गराएको छ । 

युवा संघ र दुर्गा प्रसाईँले मंसिर ७ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने प्रचार गर्दै आएका छन्। दुई समूह एकै स्थानमा विरोध प्रदर्शन गर्दा सुरक्षा खतरा हुनसक्ने भन्दै प्रशासनले दुवैलाई अन्यत्र ठाउँ रोज्न भनेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै