• २०८१ बैशाख २१ शुक्रबार

युरोकपमा छानिए नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड

kharibot

काठमाडौँ । नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड युरोकप २०२४ मा छनौट भएका छन् ।

गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो जितपछि नेदरल्याण्डको ७ खेलमा १६ अंक भएको छ र समुह बि मा दोस्रो स्थान पक्का गरेको छ ।

त्यस्तै स्वीजरल्याण्डले समुह आइ अन्तर्गतको खेलमा कोसोभोसँग १-१ गोलको बराबरी खेलेसँगै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो बराबरीपछि समुह आइ मा स्वीजरल्याण्डको ९ खेलमा १७ अंक भएको छ र दोस्रो स्थान पक्का गरेको छ ।

यसै समुहबाट रोमानिया पनि युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा रोमानियाले इजरायललाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि रोमानियाको ९ खेलमा १९ अंक भएको छ र अहिले शिर्ष स्थानमा रहेको छ ।

२०२४ को जुन १४ देखि १४ जुलाईसम्म हुने युरोकपका लागि अहिलेसम्म आयोजक जर्मनीसहित बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्कटल्याण्ड, टर्की, अस्ट्रिया, ईङल्याण्ड, हंगेरी, स्लोभाकिया, नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड छनौट भएका छन् । युरो कपमा २४ देशको सहभागिता रहन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै