• २०८१ बैशाख २१ शुक्रबार

पोल्याण्डको विपक्षी दलले गरे गठबन्धन सम्झौतामा हस्ताक्षर, सत्ता सम्हाल्न तयार

kharibot

वार्सा, पोल्याण्ड । पोल्याण्डको उदारवादी विपक्षी दलले शुक्रबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गरेको छ ।  नयाँ गठबन्धन समूहलाई सत्ता सम्हाल्ने मौका आएमा यो नै नयाँ सरकारका लागि ‘रोडम्याप’ हुने उक्त विपक्षी समूहले बताएको छ । 

“हामी वास्तवमै आशाका साथ मतदान गर्न गएका पोल्याण्डका नागरिकको इच्छा पूरा गर्न चाहन्छौँ । आगामी दिनमा हामी आफ्नो मातृभूमि र आगामी वर्षका लागि जिम्मेवारी लिन तयार छौं,” प्रधानमन्त्रीका लागि विपक्षी दलका उम्मेदवार डोनाल्ड टस्कले भने । 

उदारवादी नागरिक गठबन्धनका प्रमुख विपक्षी समूहका नेता टस्कले मध्यमार्गी तेस्रो मार्ग र बामपन्थी समूहका आफ्ना समकक्षीहरूसँग कुराकानी गरेका थिए । 

“जब म तपाईंहरू सबैलाई हेर्छु, तपाईंहरूले मलाई महाशक्तिहरूसँगको बदलाकोे सम्झना दिलाउनुहुन्छ,” बामपन्थी समूहका सह–प्रमुख रोबर्ट बिड्रनले ‘कमिक बुक अफ सुपरहिरोलाई सङ्केत गर्दै भने । 

गत महिना सम्पन्न निर्वाचनमा सत्तारुढ कन्जरभेटिभले सबैभन्दा बढी मत प्राप्त गरे पनि संसदीय बहुमतका लागि आवश्यकभन्दा कम मत प्राप्त गरेको थियो । 

‘सिभिक कोलिसन’ दोस्रो स्थानमा रहे पनि विपक्षी गठबन्धनले ४६० सदस्यीय संसद्मा २४८ सांसदसहित सबैभन्दा बढी सीट प्राप्त गरेको छ ।

गठबन्धनका नेताहरूले संयुक्त रूपमा पोल्याण्डका राष्ट्रपति आन्द्रेज डुडालाई भेटेर टस्कलाई प्रधानमन्त्रीमा मनोनीत गरेका थिए । 

यद्यपि, राष्ट्रप्रमुखले नयाँ सरकार गठनका लागि सत्तारुढ दल कानून तथा न्याय (पीआईएस) पार्टीलाई ठूलो दलको नाताले पहिलो मौका दिएका छन् । डुडाले सोमबार वर्तमान प्रधानमन्त्री माटेउस्ज मोराविकीलाई उक्त अभियानको जिम्मा दिएका थिए । 

कूल १९४ सिट प्राप्त गरेको पीआईएसले कसको साथ लिएर शासन गर्न सक्छ भन्ने स्पष्ट छैन किनकि पर्यवेक्षकहरूले व्यवहारिक गठबन्धन साझेदारहरूको अभावलाई औँल्याएका छन् ।

पूर्व प्रधानमन्त्री तथा युरोपियन काउन्सिलका पूर्व प्रमुख टस्कले डुडाले मोराविकीको छनोटमा ‘समयसँगै खेलेको’ आरोप लगाएका छन् । 

टस्कले सोमबार यो कदमले ‘केही पनि परिवर्तन नगर्ने’ बताउनुभएको छ र उनी  आफै पनि अन्ततः सरकार प्रमुख बन्ने सङ्केत गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै