• २०८१ बैशाख २१ शुक्रबार

युरोकप छनौटमा अल्बानियासँग पोल्याण्ड स्तब्ध

kharibot

काठमाडौँ । युरोकप छनौट अन्तर्गत अल्बानियाले पोल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल्बानियाले पोल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अल्बानियाको जितमा जासिर असानी र मिरलिन्ड डाकुले एक एक गोल गरेका थिए ।

यो जितसँगै ५ खेलमा १० अंक हासिल गरेको अल्बानिया समुह ई मा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पोल्याण्डको भने यस युरो कप छनौटमा यो तेस्रो हार हो । ५ खेलमा ६ अंक बटुलेको पोल्याण्ड अहिले समुहमा चौथो नम्बरमा झरेको छ ।

त्यस्तै गएराती नै सम्पन्न अन्य खेलमा नेदरल्याण्डसले आयरल्याण्डलाई २-१ ले, ग्रीसले गिब्रालटारलाई ५-० ले, सर्बियाले लिथुआनियालाई ३-१ ले, स्लोभेनियाले सान मारिनोलाई ४-० ले र मोल्ड़ोभाले फारोए आइल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै