• २०८१ बैशाख १५ शनिबार

रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

kharibot

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई माफी दिइएको मुद्दा स्थगित भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गत जेठ १५ मा कैद मिनाहा दिएपछि उनी रिहा भएका थिए । सरकारको उक्त निर्णयविरुद्ध टिकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरको रिटको सर्वोच्चमा बिहीबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो । 

टीकापुर घटनामा जन्म कैदको सजाए पाएका चौधरीलाई गत वर्षको गणतन्त्र दिवसको सन्दर्भ पारेर कैद माफी दिइएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै