• २०८१ बैशाख १६ आइतबार

विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित, कुलमानलाई कार्यालय प्रवेशमा रोक

kharibot

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आन्दोलित कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङसहितका शिर्ष प्रशासकहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।

सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आजदेखि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।

आज कात्तिक १९ गते ११:१५ बजेदेखि १२:१५ बजेसम्म, भोलि कात्तिक २० गते ११:१५ बजेदेखि १२:४५ बजेसम्म र पर्सि ११:१५ बजेदेखि १:१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले संस्थागत उन्नती र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यसैगरी कात्तिक १४ गते दोस्रो पटक सात बुँदे सहित तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । तर व्यवस्थापनसँगको वार्ताबाट निष्कर्षमा पुग्ने वातावरण नबनेको भन्दै कार्यकारी निर्देशक घिसिङसहित कार्यालय प्रमुखहरुलाई कार्यालय प्रवेशमा निषेध गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यो कार्यक्रमबाट पनि माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले जनाएका छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै