• २०८१ बैशाख २३ आइतबार

छोरीको हेरचाहमा रणवीर कपुरले फिल्मबाट लामो ब्रेक लिने !

kharibot

काठमाडौँ । रणवीर कपुरले अब अभिनयबाट लामो ब्रेक लिने भएका छन् । यस समयमा उनले छोरी राहासँग पूर्ण गुणस्तरीय समय बिताउनेछन् । आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त हुने भएकाले उनले यो निर्णय लिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यसैलाई ध्यानमा राखेर रणवीरले यो निर्णय लिएका हुन् ।

हालै रणवीरले जूम सेसन मार्फत आफ्ना फ्यानहरूसँग भेट गरेका थिए । सो क्रममा उनले आफ्नो भावी योजनाका बारेमा कुरा गरेका थिए । सो क्रममा उनले अब ५–६ महिना घरमै बस्ने उनले बताए । यतिबेला उनको सम्पूर्ण ध्यान राहामा मात्र केन्द्रित हुने बताएका थिए । राहाको जन्म हुँदा उनी एनिमलको सुटिङमा व्यस्त थिए । जसका कारण उनले छोरीसँग गुणस्तरीय समय बिताउन सकेनन् । उनी अहिले छोरीसँग समू बिताउन चाहन्छन् ।

रणवीरले पत्नी आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त रहेको बताए । जसका कारण उनले यस अवधिमा राहाको हेरचाह गर्नेछन् । उनले अब छिट्टै राहाको पहिलो जन्मदिन आउँदैछ, त्यसका लागि आफन्त र साथीभाइसँग सानातिना उत्सव मनाउने पनि बताए ।

केही समयअघि रणवीरले एक अन्तर्वार्तामा आलियाले राहालाई दिनहुँ मेल लेख्ने खुलासा गरेका थिए । जसलाई राहाले भविष्यमा अध्ययन गर्न सक्ने छिन् । रणबीरको पनि छोरीको लागि जतिसक्दो चाँडो मेल लेख्न थाल्ने इच्छा रहेको बताएका छन् ।

रणवीरको फिल्म एनिमल डिसेम्बर १ मा रिलिज हुदै छ । एनिमल सन्दीप रेड्डी वांगाले निर्देशन र लेखेका हुन् । फिल्ममा रणवीरको चरित्र अन्य फिल्मभन्दा फरक हुनेछ । फिल्ममा रणवीरका अलावा अनिल कपूर, बबी देओल र तृप्ति डिमरी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै