• २०८१ बैशाख २३ आइतबार

वातावरणमैत्री विकासको आवश्यकता हो- वनमन्त्री महतो

kharibot

मुुुस्ताङ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायुु परिवर्तनको असर र क्षति न्यूनीकरण गर्न वातावरणमैत्री विकासको आवश्यकता रहेको बताएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आज जोमसोममा आयोजना गरेको ‘सरोकारवालासँग जलवायुु संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अव्यवस्थित विकास निर्माणका कारण विपत्ति सिर्जना भएको बताए ।

“अवैज्ञानिक किसिमको निर्माणले प्रकृतिमा असर गरेको छ”, उनले भने, “भोलि के हुन्छ भन्ने अनुुमान र विश्लेषण नगरी विकासका काम गर्ने प्रवृति रोक्नलाई अनुुरोध गर्दछु ।”

उनले मानवीय लापरबाही र गतिविधिका कारण वातावरणमा परेको असर तथा क्षति न्यूनीकरण गर्न विकाससँगै संरक्षणको काम पनि गर्नुु आवश्यक देखिएको बताए । 

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै भएको चीन भ्रमणका क्रममा मुुस्ताङको कोरलालगायत नेपालको सिमानामा रहेका १४ व्यापारिक नाका सञ्चालन र जडीबुुटीको निकासी गर्ने सम्बन्धमा समझदारी भएको मन्त्री महतोले बताए ।

“चीनसँग भएको समझदारीले नेपालको हिमाली क्षेत्रको जडीबुटीको बजारीकरणमा सहयोग पुग्नेछ”, उनले भने “जडीबुटी खेतीको विस्तार र प्रवद्र्धनका लागि वन मन्त्रालयले जोड दिएको छ ।”

विश्व समुदायले नेपालको वातावरण संरक्षणको क्षेत्रमा उपलब्ध गराएको ५० करोड अनुुदान मुुस्ताङमा जलवायुु परिवर्तनको असर र क्षति न्यूनीकरण तथा अनुुकूलनका योजनाका लागि परिचालन गरिने मन्त्री महतोले बताए ।

मुुस्ताङ, मनाङ, सिन्धुुपाल्चोकलगायत जिल्लामा पछिल्लो केही वर्षयता जलवायुु परिवर्तनका कारण भएको क्षतिको विषयलाई २८औँ विश्व जलवायुु सम्मेलनमा अन्तराष्ट्रियकरण गरिने उनले बताए ।

“हाम्रा हिमाल हिउँविहीन हुुने, हिमताल फुट्ने जोखिम हुुने, हिमाल कालापत्थरमा परिणत भएको मुुद्दालाई अन्तर्राष्ट्रियकरण गर्छौं”, उनले भने, “जलवायुु परिवर्तनको क्षति र असर न्यूनीकरणका लागि तीनै तहका सरकारले अनुुकूलनका योजना बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।”

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले जलवायुु परिवर्तनका कारण जनजीवनमा परेको असरका बारेमा स्थलगत निरिक्षण र नागरिकको गुुनासो सुुनेर अन्तराष्ट्रिय जलवायुु सम्मेलनमा उठाउनका लागि प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा संवाद कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

छलफलमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयहरुले तापक्रम वृद्धि र जलवायुु परिवर्तनका कारण परेको असर तथा समस्याका बारेमा जानकारी गराएका थिए  ।

गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचन, जिल्ला समन्वय समिति मुुस्ताङका प्रमुखु माया गुुरुङ, वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुुरुङ, नेकपा (एमाले) मुुस्ताङका अध्यक्ष आशबहादुुुर थकाली, स्थानीय चन्द्रबहादुुर थकालीले तापक्रम वृद्धि र जलवायुु परिवर्तनका कारण मुुस्ताङको सबै क्षेत्र प्रभावित भएको बताए।

मानिस, पशुुपक्षी र बोटबिरुवामा नयाँ रोग देखिएको, हिउँ पर्ने याममा हिउँ नपर्ने, बेमौसमी वर्षा हुुने, माटोले बनेका घरहरु भत्किन थालेका, कालीगण्डकी र सहायक नदीहरुमा बाढीको सतह बढेर आउन थालेको, अत्यधिक वर्षा हुुन थालेको, तल्लो क्षेत्रमा स्याउ खेती हुुन छाडेको जस्ता असर देखिएको उनिहरुले बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै