• २०८१ बैशाख १५ शनिबार

साउदी लिगमा डेभ्यु गर्दै नेइमार

kharibot

काठमाडौँ । नेइमारले साउदी प्रो लिग अन्तर्गत अल हिलालका लागि आज डेभ्यु गर्ने भएका छन् ।

साउदी लिग अन्तर्गत आज अल हिलालले खेल अल रियादविरुद्धको खेलमा नेइमारले डेभ्यु गर्ने भएका हुन् । यो खेल नेपाल इसम्य अनुसार आज राति ११: ४५ बजेदेखि शुरु हुदै छ । 

गत महिना पिएसजी छोडेर अल हिलाल पुगेका नेइमार इन्जुरीका कारण साउदी लिगमा डेभ्यु गर्न सकेका थिएनन् । तर उनले हालै राष्ट्रिय टिम ब्राजिलका लागि खेल्दै गोल समेत गरेपछि अब साउदी लिगमा डेभ्यु गर्न लागेका हुन् ।

अल हिलालले नेइमारका लागि पिएसजीलाई करिब सय मिलियन डलर तिरेर भित्र्याएको हो । त्यस्तै अल हिलालले उनलाई बार्षिक २१९ मिलियन डलर पारिश्रमिक दिने बताइएको छ । जबकी उनले पिएसजीमा बार्षिक करिब ६१ मिलियन पारिश्रमिक पाउने गर्दथे ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै