• २०८१ बैशाख १५ शनिबार

विश्वकप छनौटमा ब्राजिलको शानदार शुरुवात, नेइमारले बनाए किर्तिमान

kharibot

काठमाडौँ । ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनौटमा विजयी शुरुवात गरेको छ ।

शनिबार सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई ५-१ गोल अन्तरले पराजित गर्दै विश्वकप छनौटमा शानदार शुरुवात गरेको हो ।

ब्राजिलको जितमा रोड्रीगो र नेइमारले २-२ गोल गरेका थिए भने राफिन्हाले एक गोल गरेका थिए । 

यस खेलमा नेइमारले एक गोल असिस्टसमेत गरेका थिए । यस खेलमा खेलको १७औँ मिनेटमा ब्राजिलले पाएको पेनाल्टी नेइमारले मिस गरेका थिए । त्यस्तै बोलिभियाका लागि एक गोल भिक्टर अब्रेगोले एक गोल गरेका थिए ।

यस खेलमा गोल गरेसँगै नेइमार ब्राजिलका लागि उच्च गोल गर्ने खेलाडी बनेका छन् । ब्राजिलका लागि यस अघि पेलेको नाममा रहेको ७७ गोलको रेकर्डलाई नेइमारले तोडेका हुन् । यस खेलमा २ गोल गरेका नेइमारले ब्राजिलका लागि ७९ गोल गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै