• २०८१ मङ्सिर ८ शनिबार

गरिमाको डेबिट-क्रेडिट कार्डमा २० प्रतिशत नगद फिर्ता योजना सार्वजनिक

kharibot

काठमाडौँ ।  आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्ने छन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्धन गर्ने  हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको बैंकले जनाएको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै