• २०८१ बैशाख २० बिहीबार

इरानमाथि इजरायलले आक्रमण गरेको दाबी

kharibot

काठमाडौँ । इजरायलले शुक्रबार बिहान इरानमाथि मिसाइल हमला गरेको छ ।  मिडिया रिपोर्टका अनुसार इरानको इस्फाहान सहरको एयरपोर्ट नजिकै विस्फोटको आवाज सुनिएको छ । यद्यपी इजरायलले यसको पुष्टि गरेको छैन । इरानको फार्स समाचार एजेन्सीले यो जानकारी दिएको हो ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विस्फोटपछि धेरै उडानहरू इरानी एयरस्पेसबाट डाइभर्ट गरिएको छ । 

इस्फहान एउटै प्रान्त हो जहाँ इरानका नातान्ज सहित धेरै आणविक साइटहरू अवस्थित छन् । नातान्ज इरानको युरेनियम कार्यक्रमको प्रमुख हिस्सा हो । यसअघि अप्रिल १४ मा इरानले इजरायलमाथि ३ सयभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यस अवधिमा उनीहरूले इजरायलको नेभाटिम एयरबेसलाई निशाना बनाए, जहाँ केही क्षति पनि भएको थियो।

तर, इजरायलले अमेरिका, फ्रान्स र बेलायतको सहयोगमा ९९ प्रतिशत इरानको आक्रमण रोक्न सफल भएको थियो । इरानले आक्रमण गरेपछि इजरायलले बदला लिने चेतावनी दिएको थियो । 

अप्रिल १ मा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो । जसमा इरानका दुई वरिष्ठ सैन्य कमाण्डर मारिएका थिए । यसपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो । इरानले आक्रमणको जिम्मेवारी इजरायललाई दिएको छ । सोहि आक्रमणको बदलामा शनिबार राति आक्रमण गरेको इरानले जनाएको छ । 

इजरायलको यस आक्रमणको विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै