• २०८१ बैशाख २३ आइतबार

शतकसँगै रोहित शर्माले तोडे सचिन र कपिलदेवको किर्तिमान

kharibot

काठमाडौँ । भारतीय कप्तान रोहित शर्माले अफगानिस्तानविरुद्ध शतक पुरा गरेका छन् । अहिले जारी खेलमा रोहितले ६३ बलमा शतक पुरा गर्दै विश्वकपमा सबैभन्दा बढी शतक बनाउने खेलाडी बनेका छन् । रोहितको आइसीसी विश्वकपमा यो सातौं शतक हो । 

यसका साथै रोहितले सचिन तेन्दुलकरको विश्वकपमा ६ शतकको किर्तिमानलाई पछि पारेका छन् । साथै रोहित विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने भारतको पहिलो खेलाडी बनेका छन् । उनले योप शतक ६३ बलमा बनाएका थिए ।

यस अघि कपिलदेवले ७२ बलमा विश्वकपमा शतक बनाएका थिए ।

त्यसैगरी रोहितको यो शतक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३१औं शतक हो ।

यस खेलमा अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य पछाएको भारतले यो समाचार तयार गरुन्जेल १८ ओभरमा कुनै विकेट नगुमाएर १५४ रन बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै