• २०८१ बैशाख २३ आइतबार

अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्माको नयाँ किर्तिमान

kharibot

काठमाडौँ । भारतीय कप्तान रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने नयाँ किर्तिमान बनाएका छन् ।

आज अफगानिस्तानविरुद्ध जारी खेलमा ३ छक्का प्रहार गरेसँगै रोहितले अन्तराष्ट्रिय क्रिकेटमा यस अघि क्रिस गेलको नाममा रहेको यो किर्तिमान तोडेका हुन् । गेलले यसअघि ५५३ छक्का प्रहार गरेका थिए । उनले ४८३ अन्तर्राष्ट्रिय खेल ( टेस्ट, एकदिवसीय र टी-२०) मा ५५३ छक्का प्रहार गरेका थिए भने रोहितले उनको किर्तिमान ४५३ खेल खेल्दै उनको किर्तिमान तोडेका हुन् ।  

रोहितले अफगानिस्तानविरुद्ध कुल ४ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ५५५ छक्का प्रहार गरेका छन् । उनले टेस्ट क्रिकेटमा ७४, एकदिवसीय खेलमा २९९ र टी-२० मा १८२ छक्का प्रहार गरेका छन् ।   

त्यसैगरी पाकिस्तानका शाहिद अफ्रिदीले ४७६ छक्का प्रहार गर्दै तेस्रो स्थानमा छन् भने न्यूजील्याण्डका ब्राण्डम म्याकुलम ३९८ छक्कासहित चौथोई स्थानमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै