• २०८१ बैशाख १५ शनिबार

हिमालयन बैंकद्वारा प्रहरी परिसर काठमाडौँलाई चेस्ट स्ट्रापससहित गोप्रो क्यामरा हस्तान्तरण

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँलाई दुई लाख सतसठ्ठी हजार पाँच सय बराबरको इन्स्टा ३६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाण्डौंको अनुरोधको आधारमा काठमाण्डौंै जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले काठमाण्डौं जिल्ला प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामरा  प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति रहेका थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै