• २०८१ बैशाख १८ मंगलबार

ओलम्पिकमा समावेश हुदै क्रिकेट

kharibot

काठमाडौँ । ओलम्पिकमा क्रिकेटको १२८ बर्षपछि पुनरागमन हुने भएको छ । २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेट समम्वेष गर्न लागिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बेलायती पत्रिका ‘द गार्डियन’ का अनुसार ओलम्पिकमा क्रिकेटसँगै फ्ल्याग फुटबल, बेसबल र सफ्टबललाई पनि समावेश गरिने भएको छ । यसको आधिकारिक घोषणा लस एन्जलस ओलम्पिक कमिटीले छिट्टै गर्ने छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले अन्तिम मस्यौदा तयार पारेको र आईओसीको १४१औं सत्रमा यसबारे थप जानकारी दिइने बताइएको छ ।

लस एन्जलस ओलम्पिक २०२८ मा पुरुष र महिला क्रिकेट टी-२० फर्म्याटमा हुने छन् । 

यस पटकको एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो । पुरुष र महिला दुवै विधामा भारतले स्वर्ण पदक जितेको थियो भने नेपाल पुरुष क्रिकेटमा क्वाटरफाइनल खेलेको थियो । क्रिकेटको टी–२० फर्म्याट एशियन गेम्समा सफल भएपछि अब ओलम्पिकमा पनि समावेश हुन थालेको हो ।

ओलम्पिकमा क्रिकेट खेलिएको यो पहिलो पटक भने होइन । यसअघि पेरिस ओलम्पिक (सन १९००) मा पनि क्रिकेट खेलिएको थियो । त्यसपछि ग्रेट ब्रिटेन र फ्रान्सले स्वर्ण पदकका लागि एउटा मात्र टेस्ट खेल खेले, जसमा ग्रेट ब्रिटेनको टोलीले १५८ रनले जिटेको थियो ।

सन् १९९८ र २०२२ मा दुई पटक राष्ट्रमण्डल खेलमा पनि क्रिकेट समावेश गरिएको थियो । क्रिकेटले सन् २०१०, २०१४ र २०२३ मा तीन पटक एसियाली खेलकुदमा स्थान पायो ।

विश्वलाई फुटबलको बारेमा थाहा छ। अब लस एन्जलस ओलम्पिक २०२८ मा फ्ल्याग फुटबललाई प्रवेश दिइने भएको छ । प्रतिवेदनका अनुसार फ्ल्याग फुटबलमा दुवै टोलीका पाँच–पाँच खेलाडी हुन्छन् र यसलाई अमेरिकी फुटबलको संस्करण भनिन्छ ।

यसका साथै ओलम्पिकमा बेसबल र सफ्टबलको समेत समावेश हुने भएको छ । तर, चार नयाँ खेलहरू समावेश भएपछि, खेलहरूको अवधि उल्लेखनीय रूपमा बढ्ने भएकाले ओलम्पिक कमिटीले कतिपय खेलका पदक घटाएर यसको क्षतिपूर्ति गर्ने र ओलम्पिक खेलको अवधि धेरै नबढाउने विश्वास गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय