• २०८१ बैशाख २२ शनिबार

सोचेजस्तो नतिजा आएन- कप्तान पौडेल

kharibot

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित टोलीलाई स्वागत गरिएको थियो ।

स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएको बताए । तर, खेल भने राम्रो भएको उनको भनाइ छ । 

क्वार्टरफाइनलमा भारतसँग पराजित भएको विषयमा उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै