• २०८१ बैशाख २१ शुक्रबार

बेगनासतालमा एकजना मृतावस्थामा फेला

kharibot

लेखनाथ । पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान  मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ  मृतावस्थामा फेला परेको बताए । उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो । नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै