काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय ‘केन्द्रीय कार्यालय’ बनाउने सहमति भएको छ ।
९ जना शिर्ष नेताको यो केन्द्रीय कार्यालय सचिवालयको हैसियतमा हुने बताइएको छ । यसले दैनिक पार्टी सञ्चालनको काम गर्ने र यो स्थायी समिति, केन्द्रीय समिति नबसेको बेला निर्णायक हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले सचिवालयको गठन गरेको हो ।
सचिवालयको महासचिवको जिम्मेवारी विष्णु पौडेलले पाएका छन् भने पार्टीको नारायणकाजी श्रेष्ठलाई बनाइएको छ ।
साथै बैठकले पार्टीमा नेताहरुको वरियता पनि तोकेको छ । जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली वरीयताको शीर्ष स्थानमा रहेका छन् । दोस्रो वरीयतामा पुष्पकमल दाहाल प्रचण्ड, त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल रहेका छन् ।
एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० जना राख्ने सहमति भएको छ ।