• २०८१ बैशाख १६ आइतबार

ओली र प्रचण्डबीच ‘ओलीको ट्वीट’ बारे छलफल 

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । 

प्रधानमन्त्री ओलीको अफिसियल तव टर ह्यान्डलबाट गत सोमबार भएको ट्वीट पछि मिडिया र सामाजिक संजालमा दुई दलबीचको एकता प्रक्रिया अवरुद्ध हुने विश्लेष्ण हुन् थाले पछि दुई अध्यक्षको भेटवार्ता भएको हो ।  

आजको भेटवार्तामा ट्वीट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सृजना गरेका भ्रम माथिको छलफल पश्चात वातावरण सहज बनेको बताइएको छ । प्रधानमन्त्री ओलीले आफुले अर्कै कुरा भन्न खोजेको तर त्यसको अर्थ अर्कै लागेको भन्दै माओवादी अध्यक्ष प्रचण्डलाई सो ट्वीटका बारेमा प्रधानमन्त्री ओलीले प्रष्टीकरण दिएको बताइन्छ ।

के थियो ट्वीटमा ?

प्रधानमन्त्री ओलीले गत सोमबार आफ्नो ट्वीटर ह्यान्डलबाट ट्वीट गर्दै माओवादीलाई समीकरण फेरी रहेने बानी परेको भन्दै व्यंग्य गरेका थिए ।

प्रधानमन्त्री ओलीले ट्वीटमा,’हामी विकास र समृद्धिको एजेन्डमा हिडिरहेका छौ ।  दुनो सोझ्याउन समीकरण फेरबदल मात्रै बानी परेकालाई यसप्रति अरुचि हुन् सक्छ ।  लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ ।  किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सर्भौम्सत्ता जनतामा थियो र छ ।’ भनेका थिए ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै