काठमाडौँ । मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा एनआइसी एशिया बैंकले आफ्नो उपस्थिति जनाएको छ ।
एनआइसी एशिया बैंकले अटो शोमा अन द स्पट फाइनान्सिङ अर्थात् तुरुन्त कर्जा स्वीकृत गर्ने प्रवन्ध मिलाएको जानकारी दिएको छ ।
बैंकका अनुसार व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरिद गरिने गाडीहरुमा ७ बर्षसम्मको लागि तुरुन्त कर्जा उपलब्ध हुने भएको छ । साथै बैंकले नाडा अटो शोमा दिने कर्जामा कुनै प्रकारको प्रशासनिक शुल्क नलिने बताएको छ ।
त्यस्तै बैंकले नाडा अटो शोमा सवारी साधनको कर्जाका लागि आवेदन दिने ग्राहकका लागि बैंकले एक लाखसम्मको क्रेडिट कार्ड उपलब्ध गराउने बताएको छ ।
नाडा अटो शोमा बैंकले स्टल नम्बर G7 मार्फत सो सेवा दिइरहेको जानकारी गराएको छ ।