• २०८१ बैशाख २० बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठकका एजेण्डा के के छन् ?

kharibot

काठमाडौं । नेपाली कांग्रेसको बिहीबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सरकारको समीक्षादेखि मंसिरमा हुने महासमिति बैठकका एजेन्डाबारे छलफल हुने भएको छ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीबाट सरकारका सहभागी मन्त्रीले गरेका कामको समेत समीक्षा हुने भएको छ ।

नेता शेखर कोइराला समूहले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको यस अघि नै निषकर्ष निकालेको अवस्थामा बैठकमा सरकारमा गएका काँग्रेसका मन्त्रीहरुको आलोचना हुने अनुमान गरिएको छ ।

कोइराला समूहले सभापति शेरबहादुर देउवा पार्टीको विधानविपरीत एकलौटी चलेको भन्दै आलोचना गर्ने तयारी गरेको छ ।

साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिका प्रभावित भएकामा बैठकमा छलफल हुनेछ । बैठकमा पार्टी सुढृढीकरण अभियानका क्रममा जिल्ला खटिएका प्रतिनिधिले तयार पारेको सुझाव पेस हुने छ भने मंसिर १३ गतेदेखि काठमाडौंमा हुने महासमिति बैठकमा छलफल हुने एजेन्डाबारे पनि छलफल हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै