• २०८१ कार्तिक ६ मंगलबार

चिकित्सकहरूसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

kharibot

काठमाडौँ । सरकारले चिकित्सक कुटपिट प्रकरणमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।

चिकित्सक कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । उनीहरुले चिकित्सकको सुरक्षाको माग गर्दै आइतबार अस्पताल र स्वास्थ्य संस्थाहरू ठप्प पारेका हुन् । आज अस्पतालहरूमा ओपिडी सेवा बन्द गरिएको छ भने आकस्मिक  सेवा दिइरहेका चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि भदौ २७ गते कुटपिट भएको थियो । हेटौंडा उपमहानगर-१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै