• २०८१ बैशाख २२ शनिबार

गोहीको आक्रमणबाट मृत्यु

kharibot

भरतपुर । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । 

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय