• २०८१ जेठ २ बुधबार

धरानका उपमेयरका भाइमाथि खुकुरी प्रहार, एक जना पक्राउ

kharibot

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ। धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको हो ।

विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाले घरमै आएर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।

धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरूको समूहले भाइ विष्णुमाथि खुकुरी प्रहार गरेका थिए ।

घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  धरान–१५ स्थित बेघाको घरमा भएको तोडफोड हुनुका साथै कान्छा भाइ विष्णुमाथि आक्रमण भएको थियो ।

विष्णुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै