• २०८१ बैशाख २३ आइतबार

रोहित शर्माले पुरा गरे एकदिवसीय खेलमा १० हजार रन

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कप्तान रोहित शर्माले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गरेका छन् ।

एशिया कपको सुपर फोर अन्तर्गत आज जारी खेलमा श्रीलंकाविरुद्ध २३ रन बनाएसँगै रोहितले एकदिवसीय खेलमा आफ्नो १० हजार रन पुरा गरेका हुन् ।

रोहितले २४८ खेल खेल्दै १० हजार रन बनाएका हुन् । यस क्रममा उनले ३० शतक र ५० अर्धशतकीय पारी खेलेका छन् ।

योसँगै एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने उनी विश्वका १५औं खेलाडी बनेका छन् भने भारतका उनी छैटौं खेलाडी हुन् । उनी अगाडी भारतका सचिन तेन्दुलकर, विराट कोहली, सौरभ गांगुली, राहुल द्रभिड र महेन्द्रसिंह धोनीले १० हजार रन बनाएका छन् ।

एकदिवसीय क्रिकेटको एकै खेलमा सर्बाधिक रन बनाउने रेकर्ड रोहितको नाममा छ । रोहितले २०१४ मा श्रीलंकाविरुद्ध २६४ रन बनाएका थिए । उनी एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो सतक बनाउने विश्वका एक मात्र खेलाडी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै