• २०८१ बैशाख २७ बिहीबार

मेयर हर्क साम्पाङको विरोध गर्ने युवा प्रहरी हिरासतमा !

kharibot

धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक हिरासतमा पुगेका छन् ।

शुक्रबार साँझ धरान-१५ का अशोक लिम्बूले मेयर साम्पाङलाई प्रश्न गरेपछि उनी अहिले प्रहरीको हिरासतमा रहेका छन् । मेयर साम्पाङकै निर्देशनमा लिम्बुलाई नगर प्रहरीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको हो र उनी शुक्रबार साँझदेखि प्रहरी हिरासतमा रहेका छन् ।   

शुक्रबार मेयर साम्पाङले लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेको बेला लिम्बूले डेंगु नियन्त्रणमा नआएको भन्दै प्रश्न गरेका थिए ।

सामाजिक संजालमा सार्बजनिक भएको भिडियोमा लिम्बूले सोधेका छन्- हर्क दाई धरानमा मान्छे डेंगीले बिरामी छन् तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने ?'

लिम्वूको प्रश्नको जवाफमा मेयर साम्पाङले ‘तिमी विरोध गर्न आएको ?’ भन्दै रिसाएका थिए । प्रहरीले भने मेयरको मौखिक उजुरीका आधारमा थुनामा राखेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै