• २०८१ माघ ३ बिहीबार

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

kharibot

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले संघीय निजामती विधेयक संसद्‌मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्‌मा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन् ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेश गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा अञ्जनीकुमार झा नियुक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै