• २०८१ बैशाख २४ सोमबार

रूसले चीन लाने ग्यास पाइपलाइनको मार्गलाई अन्तिम रुप दिने

kharibot

मस्को । रूसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ ।

युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरूको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको छ ।

रूसी पत्रिका इनर्जी पोलिसीलाई दिएको अन्तर्वार्तामा रूसका उपप्रधान तथा ऊर्जा मन्त्री अलेक्जेन्डर नोभाकले भने, “यो अन्तिम चरणमा छ ।” “पाइपलाइन अचिन्स्क शहर नजिकै दक्षिणी साइबेरिया हुँदै मङ्गोलियन सीमामा पुग्नुअघि क्रास्नोयास्र्क र इरकुट्स्कतर्फ पूर्वतर्फ मोडिनेछ,” नोभाकले भने ।

मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको भ्रमण गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनले पाइपलाइनका लागि दुई देशबीच ‘सबै सम्झौता’ भइसकेको बताएका थिए । 

नोभाकले चिनियाँ नेताको भ्रमणका क्रममा रूसी र चिनियाँ कम्पनीले यस वर्षको अन्त्यसम्ममा पाइपलाइनको सम्झौतामा हस्ताक्षर गर्ने बताएका थिए । तर यसको निर्माण कार्य सम्पन्न गर्ने समय तालिका भने अस्पष्ट छ । 

हाल, रूसले सन् २०१९ मा सुरु भएको पावर अफ साइबेरिया–१ पाइपलाइनमार्फत उत्तरपूर्वी साइबेरियाबाट चीनतर्फ आफ्नो ग्यास निर्यात गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय