• २०८१ कार्तिक ६ मंगलबार

नेपाल र भारतबीचको खेलमा कस्तो हुने छ मौसम ?

kharibot

काठमाडौँ । एसिया कपको पाँचौं खेल नेपाल र भारतबीच श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यान्डीमा हुँदैछ । यहि मैदानमा बर्षाका कारण शनिबार भारत र पाकिस्तानबीचको खेल रद्ध भएको थियो । 

समुह ए को यो खेल भारत र नेपाल दुवैका लागि सुपर चारमा पुग्न जित्नै पर्ने अवस्था रहेको छ ।

नेपालले पाकिस्तानविरुद्ध हार बेहोरेको थियो भने भारतको पाकिस्तानविरुद्धको खेल बर्षाले रद्ध हुदा दुवैले एक एक अंक बाँडेका थिए  समुह ए बाट दुई खेलमा तीन अंक जोडेर पाकिस्तान सुपर–४ मा पुगिसकेको छ । 

यसैबीच शनिबार जस्तै सोमबार हुने यस खेलमा एकपटक फेरि वर्षाले बाधा पुर्‍याउन सक्ने अनुमान गरिएको छ ।

सोमबार बिहान पल्लेकेलमा झन्डै ६० प्रतिशत पानी पर्ने सम्भावना छ । यद्यपि, टसको समयमा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजे भने वर्षा हुने सम्भावना २२ प्रतिशत छ र यो बेलुका ६ बजेसम्म रहनेछ। खेलको दोस्रो हाफमा पानी पर्ने सम्भावना ६६ प्रतिशत हुनेछ । यस्तो अवस्थामा फेरि भारत–पाकिस्तानको खेल जस्तै आधा खेल मात्रै देख्न सकिने सम्भावना रहेको छ ।

भारतका लागि हार बाहेक जित या अंक बाँडने अवस्थामा सुपर चारको अवस्था बन्ने छ । त्यस्तै नेपालले सुपर चारमा पुग्न भने भारतलाई पराजित नै गर्नुपर्ने अवस्था रहेको छ ।

एशिया कपका लागि टिम 

भारतको टिम:  रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज  र प्रसिद कृष्णा ।

नेपालको टिम:  रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिस जिसी, श्याम ढकाल , सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै