• २०८१ बैशाख २२ शनिबार

किस प्रकरण: फिफाद्वारा स्पेनिस फुटबल महासंघका अध्यक्ष सस्पेन्ड

kharibot

काठमाडौं । फुटबलको सर्वोच्च संस्था फिफाले 'किस विवाद' मा परेका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको छ ।

फिफाको अनुशासन समितिले लुइसलाई ९० दिनका लागि निलम्बन गरेको बिबिसीले जनाएको छ ।

साथै उनलाई यस अवधिमा कुनै पनि राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल गतिविधिमा सामले हुन समेत प्रतिबन्ध लगाइएको छ । 

स्पेनकी फुटबलर जेनिफर हर्मोसोलाई विश्वकप जितेपछि लुइसले ओठमा किस गरेको विषय विवादमा परेको थियो । सो घटनापछि लुइसलाई कारवाहीको माग गरिएको थियो ।

चौतर्फी विरोध र कारवाहीको मागपछि फिफाको अनुशासन आयोगले लुइसमाथि छानबिन शुरु गरेको छ । सोहिक्रममा उनलाई ९० दिनको शुरुवाती प्रतिबन्ध लगाएर छानबिन अगाडी बढाएको हो ।

फिफाले लुइसलाई प्रतिबन्ध लगाएको विश्व स्पेनिस फेडेरेसन र युरोपियन फुटबल एसोसियसनलाई जानकारी गराइसकेको बताएको छ ।

गत आइतबार सम्पन्न फिफा महिला विश्वकपको फाइनमा स्पेनले इंग्ल्यान्डलाई १–० पराजित गरेपछि आयोजित अवार्ड समारोहमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइसले हर्मोसोको ओठमा किस गरेका थिए ।

विश्वकप जितेपछि हर्मोसोलाई फेडेरेसन प्रमुख लुइसले ओठमा किस गरेको तस्बीर भाइरल भएको थियो । साथै लुइसले अर्की खेलाडी अथेनी डेल कास्टिलोलाई काधमा बोकेर हिडेको तस्बीर समेत अहिले भाइरल भएको थियो ।

सो घटनापछि उनको व्यवहारको आलोचना भएपनि लुइसले भने आफुले आफ्नो छोरीलाई जस्तो ठानेर किस गरेको स्पष्टीकरण दिदै पदबाट राजीनामा नगर्ने अडान लिएका थिए ।  

उनले सो घटनाको गलत ब्याख्या गरिएको भन्दै आफ्नो नियत खराब नरहेको स्पष्ट गर्ने प्रयास गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै