• २०८१ असार २१ शुक्रबार

सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुपर्छ- देवेन्द्र पौडेल

kharibot

काठमाडौं । नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखेका छन्।

संसद बैठकमा बोल्दै उनले सुनबारे भइरहेको छानबिनलाई रोकेमा दुर्घटना हुन सक्ने बताए ।

गाडी सिप भएको मान्छेले मात्रै चलाउन सक्ने बताउँदै उनले बीचमै प्रक्रिया रोकेर कसैले गाडी हाइज्याक गर्‍यो भने दुर्घटना हुने उनको भनाइ थियो ।

त्यसैले सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुको विकल्प नरहेको उनी बताउँछन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै