धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा बस दुर्घटनामा परि ८ जनाको शव भेटिएको छ ।
काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको थियो ।
प्रहरीले दुर्घटनामा अहिलेसम्म ८ जनाको मृत्यु भएको र घाइते भएका ८ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको जानकारी दिएको छ ।
अन्य घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य जारी राखेको छ ।