काठमाडौँ । महिला फुटबल विश्वकप अन्तर्गत फाइनल खेल स्पेन र इङल्याण्डबीच जारी रहेको छ ।
फाइनल खेलको पहिलो हाफमा स्पेन १-० ले अगाडी रहेको छ ।
स्पेनका लागि खेलको २९औं मिनेटमा ओल्गा कार्मोनाले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी हुन् । उनको यस विश्वकपमा यो तेस्रो गोल हो ।
स्पेन र इङल्याण्ड दुवै पहिलो पटक विश्वकपको फाइनल खेल्दै छन् ।