• २०८१ बैशाख १६ आइतबार

दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग

kharibot

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका-७ मार्बुमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले एक लाख सहयोग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत फाउन्डेशनले मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर यज्ञ थामीका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

फाउन्डेशनका अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी सुन्दर प्रकाश खड्काले विपद्का बेलामा सबैले सहयोग गर्नुपर्ने पवित्र उद्देश्यका साथ पहिरो पीडितलाई उक्त रकम हस्तान्तरण गरेको बताए ।

पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए भने उनको साढे दुई वर्षको नातिको मृत्यु भएको थियो । हाल काठमाडौँको यज्ञको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा बुहारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेसनले सहयोग गरेको हो ।

“दोलखामा समस्यामा परेकाहरूलाई फाउन्डेशनले यसअघि पनि सहयोग गर्दै आएको छ । हामी विपद्मा परेकालाई सहयोग गर्न सधैँ तत्पर हुनेछौँ”, फाउन्डेशनका संरक्षक सोभित उप्रेतीले भने ।

फाउन्डेशन शिक्षा, स्वास्थ्य र विपद्का समयमा सेवा गर्ने उद्देश्यले स्थापना भएको उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै