• २०८१ बैशाख १७ सोमबार

उड्डयन र रेलउद्योग स्तरोन्नती गर्दै ह्वावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेशन

kharibot

काठमाडौँ । ह्वावे कनेक्ट २०२३ सँगैह्वावेको एभियसन र रेल बियूले तीनवटा विश्वव्यापी शिखर सम्मेलनहरू आयोजना सम्पन्न गरको छ । ह्वावेले उद्योगका ग्राहक, नेतृत्वकर्ता, प्राविधिकविशेषज्ञ र साझेदारहरूसँग उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका लागि आफ्ना उत्कृष्ट अभ्यासहरू छलफल गरेको थियो ।अपग्रेड गरिएको डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसन प्रयोग गरेर ह्वावेले विभिन्न प्रकारका उद्योग परिदृश्यहरूमा बहु–आयामी सचेतना, सर्वव्यापी जडान र खुला प्लेटफर्महरू मार्फत उड्डयन र रेल क्षेत्रलाई थप विकास गरेको छ ।

ह्वावेको उद्योग इन्टेलिजेन्स एक व्यवस्थित प्रयास हो । चाइना वेस्ट एयरपोर्ट समूह (सिडब्लुएजी) ले संयुक्त रूपमा व्यापक बौद्धिक रूपान्तरण रणनीति विकास गर्न ह्वावेलाई छनोट गरेको छ । सिडब्लुएजीका डेपुटी जनरल म्यानेजर लिनबिनका अनुसार उनको कम्पनीले ह्वावेको उच्चप्रदर्शन कम्प्युटिङ पावर र ओपन इन्टेलिजेन्ट प्लेटफर्महरू साथै उद्योगका लागि उन्नत एल्गोरिदमहरू प्रयोग गरेर सुरक्षा, सञ्चालन, सेवाहरू र अन्य परिदृश्यहरूको लागि ३५ वटा इन्टेलिजेन्स समाधानहरू सिर्जना गरेको छ ।

हवाईअड्डा सञ्चालनका लागि, डिजिटल र इन्टेलिजेन्ट ग्राउन्ड ह्यान्डलिङ समाधानहरूले उडानहरू, यात्रुहरू र स्रोतहरूको वास्तविक–समय (रियल टाइम) स्थितिसाथै तत्काल चेतावनी समेत दिने गर्दछ । तिनीहरूले आवश्यकताअनुसार ग्राउन्ड ह्यान्डलरहरू पठाउन सक्छन् । यी समाधानहरूले ग्राउन्ड व्यवस्थापनको क्षमतालाई २० प्रतिशतले बढाउँछ र १७प्रतिशतले समयको बचत समेत गराउँछ । त्यसैगरी, स्मार्ट एयरपोर्ट सञ्चालन समाधानहरूले उत्कृष्ट उडान योजनाको मोडेल प्रस्तुत गरेको छ जसले आपूर्ति–मागमिलान र एआई–सहायता अपरेशन कमाण्ड प्राप्त गरेको छ ।

विकसित प्रविधिहरूले उद्यम डिजिटल रूपान्तरण र स्तरवृद्धि गर्न चुनौती र अवसर दुवै ल्याएका छन् । ह्वावेकाउपाध्यक्ष र ह्वावेको एभियसन एण्ड रेल बियूका सीईओ लीजुनफेङले ग्लोबल रेलवे शिखर सम्मेलनमा उद्घाटन भाषण दिएका थिए । उनले जीएसएम– आर बिस्तारै बजारबाट बाहिर निस्कने क्रममा रहेको रेलवे उद्योगलाई दक्षता र फाइदाहरू सुनिश्चित गर्न, साथै उच्च–गुणस्तरको विकास कायम राख्न अर्को पुस्ताको मोबाइल सञ्चार प्रणाली आवश्यक रहेको बताए । साथै उनले ह्वावेले रेलवे उद्योगलाई अझ राम्रो सेवादिन कसरी एआईको प्रयोग गर्न सकिन्छ भन्ने बारे कामगरिरहेको र अभ्यासहरू निर्माण गरेको उल्लेख गर्दै यस यात्रामा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताए ।

उदाहरणका लागि, ह्वावेले स्मार्ट रेलवे टिएफडिएस समाधान विकास गर्न हुइटिए टेक्नोलोजीसँग मिलेर ३ बिलियन प्यारामिटरहरू भएको पांगु रेलवे मोडेल प्रयोग गर्छ । यी समाधानहरुले सबै टिएफडिएस परिदृश्यहरू समेट्छ र यसले ६७ सवारी साधनका ४३० प्रकारका त्रुटी पहिचान गरेर त्रुटी पहिचानको दर ९९.३ प्रतिशतपुर्याएको छ । यसले गम्भीर गल्तीहरूको पहिचानका लागि शून्य निरीक्षण सुनिश्चित गर्दछ र परिचालन दक्षतालाई तीन गुणा बढाउँछ । उनले भने– 'ह्वावेले हाम्रा साझेदारहरूसँग एआइ अन्वेषण गर्न सही परिदृश्यको लागि सही प्रविधि खोज्न र अन्ततःव्यापार सफलतामा योगदान पुर्याउनेछ ।’

विभिन्न उद्योगहरूको मूल उत्पादन प्रणालीहरूमा इन्टेलिजेन्स प्रविधिहरू प्रस्तुतगर्नाले उत्पादन क्षमता र दक्षतामा गुणात्मक छलाङ ल्याउँछ र सपनाहरूलाई मूर्त उपलब्धिहरूमा परिणत गर्दछ । ह्वावेको एभियसन एण्ड रेल बियूका सीओओ वाङ गुओयुले ह्वावेले यो कसरी हासिल गर्छ भनेर वर्णन गरे । वाङकाअनुसार ह्वावेले डाटा, कम्प्युटिङ पावर, एल्गोरिथ्म र उद्योग परिनियोजन चुनौतीहरूमा ध्यानकेन्द्रित गरेको छ । यसले उद्योगहरूलाई सेन्सिङ, कनेक्टिभिटी र प्लेटफर्म एप्लिकेसन लेयरहरू अपग्रेड गर्न र स्मार्ट विकासलाई बढावा दिन डिजिटल र इन्टेलिजेन्ट फाउण्डेसनलाई थप सुदृढ गर्न प्रेरित गर्छ । सबै परिदृश्य अनुप्रयोगहरूको लागि कम्प्युटिङ पावर उत्पन्न गर्न सक्ने प्रभावकारी डाटा उपलब्ध गराए हामीउद्योगहरूमा बौद्धिक स्तरवृद्धि गर्न सजिलो बनाउँछौं ।

बौद्धिकीकरण विश्वभरका र उद्योगका सबै खेलाडीहरूको लागि अवसर हो । ह्वावेको एभियसन एण्ड रेल बियूका उपाध्यक्ष थोमस सुले भने, 'ह्वावेको आधारभूतप्रविधिहरूकालागिधन्यवाद, अपग्रेड गरिएको अर्बन रेल क्लाउड ३.० इन्टेलिजेन्ट स्वायत्त र सहयोगी छ, जसले शहरी रेल क्लाउड प्लेटफर्म र स्टेशनहरू बीचको तालमेललाई सफल बनाउँछ, यसमाधेरै प्रकारका डाटा, सुरक्षा र ओ एण्ड एम जस्ता पक्षहरू रहेका छन । उपध्याक्ष सुका अनुसार, यी समाधानले केन्द्रीकृत रुपमाव्यवस्थापन गर्छ र शहरी रेल उद्योगको लागि गुणस्तर र दक्षता दुवै सुधार गर्दछ ।

ह्वावेले ठूलो डाटा र एआई एल्गोरिदमहरू प्रयोग गरेर वुहान मेट्रोमा यात्रु ट्राफिकको छोटो अवधिको भविष्यवाणी तथा वास्तविक–समय (रियल टाइम) निगरानीको लागि मद्दत गरेको छ । साथै यसले व्यक्तिगततथा स्टेसन कर्मचारीहरूलाई यात्रु ट्राफिकको वास्तविक–समय स्थिति र छोटो अवधिको परिवर्तनको अवस्था स्पष्ट गर्नुका साथै ३० मिनेट देखि केहि घण्टासम्मको ठूलो यात्रु ट्राफिकको व्यवस्थापन र निर्देशन समेत तयार गर्दछ । यी प्रविधिहरूले यात्रु प्रवाह नियन्त्रण दक्षता सुधार गर्नुका साथै परिचालन सुरक्षा सुनिश्चितगर्दछ ।

यस्तै ह्वावेले हवाई र रेल उद्योगहरूमा ग्राहकहरूलाई सेवादिन साझेदारहरूलाई एकीकृत गर्न जारी राख्नेछ । कम्पनीले इन्टेलिजेन्स स्तरवृद्धिहरू मार्फत उद्योगको विकासलाई बलियो बनाउन, सुरक्षिततथा हरियाली गतिशीलता कायम राख्न, अधिक कुशल यातायात र उच्च–गुणस्तर सेवाहरू सक्षम गर्न प्रतिबद्ध रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै