• २०८१ जेठ १ मंगलबार

सवारी ज्यान मुद्दाका फरार व्यक्ति सुनसरीबाट पक्राउ

kharibot

सुनसरी । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी दुहवी नगरपालिका-९ बस्ने २८ वर्षीय अजय कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत सुनसरीको २०७८ बैशाख ३० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद र ३२ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले दुहवी नगरपालिका-९ बाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा अदालतको आदेशले झुम्का कारागार सुनसरी पठाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै