• २०८१ मङ्सिर २० बिहीबार

कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक

kharibot

कर्णाली । कणाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको छ । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा मुख्यमन्त्री राजकुमार शर्माले सो लोगो सार्वजनिक गरेका हुन् ।

उनले वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत इन्द्रपुरका कृषक तुलसीप्रसाद गौतम र वडा नं ११ का नन्दाकुमारी पोखरेललाई पहिर्याएर प्रदेश सरकारको लोगो सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा मुख्यमन्त्री शर्माले प्रदेश सरकारको अग्र्यानिक अभियानलाई घोषणाको तहमा लैजान सहयोग पुर्याउने कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए । 

उक्त कार्यक्रमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा राजेन्द्रप्रसाद मिश्रले भोकमरी र गरिबी भएको ठाउँमा प्राङ्गरिक कृषि किन भन्ने प्रसङ्ग उठान गर्दै कर्णालीको प्राङ्गरिक इतिहास, यहाँको वर्तमान र खाद्य सुरक्षा अवस्था, यसको उत्पादन, आय बढाउने मूलमार्ग, गुणस्तरीयता र निरन्तरतालगायतका विषयवस्तु समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै प्राङ्गरिक मलको पहिलो कारखाना पशुपालन भएको बताउनुभएका सचिव डा मिश्रले प्राङ्गरिक प्रदेश निर्माणको अभियान लक्ष्यमा पुर्याउन स्थानीय तहको वडादेखि सङ्घ सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबै सरोकारवालाले स्वामित्व लिनुपर्नेमा जोड दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्णाली प्रदेशका सचिव डा नरहरिप्रसाद घिमिरेले कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले लिएको प्राङ्गरिक प्रदेश निर्माणको अभियानका लागि मन्त्रालयले निर्माण गरेको नीति, ऐन, नियमावली, कार्यविधि, मार्गदर्शनसहितको योजना, कार्यक्रमबारे समाविष्ट कार्यपत्र प्रस्तुत गरे ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले कर्णालीका किसानको सम्पदा लेखेको ‘मूल्यवान’ लोगो यहाँका १२ वटा समूह सहकारीलाई प्रदान गरिएको बताए । “कर्णालीले जे उत्पादन गर्छ ती सबै मूल्यवान छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दिनेछ”, प्रवक्ता कठायतले भने, “मूल्यवान लोगो अङ्कित अदुवा, टिमुरलगायतका यहाँका उत्पादन युरोप पुगेका छन् ।”

यसले कर्णालीको पहिचान अन्तर्राष्ट्रिय जगत्मै पुर्याएर देशको सान बढाउन सहयोग पुगेको उनको भनाइ थियो । उक्त कार्यक्रममा युएसएड, भकारी, मर्सिक्रोप्स, जिआइजेट ग्रेप, डिसिए, लि–बर्ड ग्रीन कर्णालीको सहकार्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै