• २०८१ श्रावण १२ शनिबार

सल्यानमा श्रीमान-श्रीमती मृत अवस्थामा फेला

kharibot

सल्यान । सल्यानमा श्रीमान-श्रीमती मृत अवस्थामा फेला परेका छन् । 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका-४ देउलीमा बुढाबुढी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ । 

यस घटनाको अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै