काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका छन् ।
दक्षिण एशियाको भ्रमणमा रहेका लु सोहि क्रममा एक दिनका लागि काठमाडौँ आएका हुन् । उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ । साथै उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम रहेको छ । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।