• २०८१ बैशाख २२ शनिबार

एसईईको नतिजा आज नै सार्वजनिक गर्ने बोर्डको निर्णय

kharibot

काठमाडौं । शैक्षिकसत्र २०७९ को माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गर्ने निर्णय गरिएको छ । 

बिहीबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यद्यपि, यसबारे बोर्डले औपचारिक रुपमा जानकारी गराइसकेको छैन ।

जारी बैठकले नतिजा बिहीबार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । यसबारे थप छलफल चलिरहेकाले निर्णय सार्वजनिक गरिएको छैन । 

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै