• २०८१ बैशाख १६ आइतबार

जिम्बाबेले दियो ओमानलाई ३३३ रनको लक्ष्य

kharibot

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्स अन्तर्गत घरेलु टोली जिम्बाबेले ओमानलाई ३३३ रनको लक्ष्य दिएको छ । 

क्वीन्स स्पोटर्स क्लब बुलावायोमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३२ रन बनाएको हो । जिम्बाबेका लागि सेन वीलियम्सले १०३ बलमा विस्फोटक १४२ रन बनाए ।

यस्तै लुक जोंगवेले अविजित ४२, सिकन्दर राजाले ४२, कप्तान क्रेग एर्विनले २५ र जोयलर्ड गुम्बे २१ रन बनाए । ओमानका लागि बलर फयज बटले ४ विकेट लिए । विलाल खान, कलीमुल्लाह र जिशान मकसूदले समान एक–एक विकेट लिए । 

अब सुपर सिक्सको खेल पछि शिर्ष दुई देशले मात्र विश्वकपको मुख्य इभेन्टमा छनौट हुने छन् । अब सुपर सिक्समा समुह चरणमा अर्को समुहबाट छानिएका तीन देशसँग एक–एक खेल हुने छन् । 

सुपर सिक्समा जिम्बाबेको ४ अंक रहेको छ भने श्रीलंका, स्कटल्याण्ड र नेदरल्याण्डसको २–२ अंक छ भने वेस्ट इन्डिज र ओमानको शुन्य अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै