• २०८१ जेठ ४ शुक्रबार

इन्टर मियामीमा बुस्केटको मेसीसँग पुनर्मिलन

kharibot

काठमाडौँ । बार्सिलोना छोडेका सर्जियो बुस्केट्सको आफ्ना पूर्व सहकर्मी लियोनेल मेसीसँग इन्टर मियामीमा पुनर्मिलन हुने भएको छ । मेसीलाई अनुबन्ध गरेको इन्टर मियामीले बुस्केटलाई भित्र्याउने घोषणा गरेको हो । 

३४ बर्षिय डिफेन्सिभ मिडफिल्डर बुस्केटले १५ सिजन बार्सिलोनामा खेलेर हालै क्लब छोडेका थिए । साउदी लिगबाट आएको बम्पर अफर छोडेर बुस्केट मेसीसँग इन्टर मियामीमा खेल्न अमेरिका जाने निर्णय गरेका छन् ।

बुस्केटले बार्सिलोनाका लागि ७२२ खेल खेलेका छन् । त्यस्तै स्पेनको राष्ट्रिय टिमका लागि बुस्केटले १४३ खेल खेलेका छन् ।

मेसी पछि बुस्केटको आगमनले इन्टर मियामीको आउदो सिजन भने चर्चामा हुने देखिएको छ ।

मेसीले इन्टर मियामीका लागि जुलाई २१ मा घरेलु खेलबाट मेजर लिग सकरमा डेब्यु गर्ने अपेक्षा गरिएको छ । इन्टर मियामी इंग्ल्याण्डका पूर्व स्टार फुटबलर डेभिड बेकह्यामको टोली हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै