• २०८१ बैशाख १७ सोमबार

भिसा आउनासाथ प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान

kharibot

काठमाडौं । नेपाली क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाईको दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । 

बुधबारसाँझ भिसा आएपछि देसाई विहिबार बिहान भारतबाटै दक्षिण अफ्रिका प्रस्थान गरेको क्यान स्रोतले जनाएको छ ।

देसाई आज साँझसम्म दक्षिण अफ्रिका पुग्ने छन् ।

नेपाली क्रिकेट टोली एक साताअघि नै आईसीसी विश्वकपको छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगिसकेको छ । नेपाली टोलीले आज नै स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । 

त्यस्तै नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपाल विश्वकप छनोटअघि अभ्यासका लागि दक्षिण अफ्रिका पुगेको हो । नेपाल आगामी आइतबार जिम्बावे जानेछ ।

त्यसपछि नेपाल आइतबार जिम्बाबे जाने कार्यक्रम छ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग अभ्यास खेल खेल्नेछ ।

प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै