• २०८१ बैशाख १५ शनिबार

यू–२० महिला एसियन कप छनौटमा नेपालको खराब शुरुवात, म्यान्मारसँग पराजित

kharibot

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले खराब शुरुवात गरेको छ । 

नेपाल म्यान्मारसँग ५-० गोल अन्तरले पराजित हुदै एसियन कप छनोटमा खराब शुरुवात गरेको हो ।

म्यानमारले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो । म्यान्मारको जितमा यिन लून एईनले ह्याट्रिक गरेकी थिइन् भने जिन मो पाए र यून वाडी हलाइंगले एक एक गोल गरेका थिए ।  

प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको नेपालले आज म्यान्मारसँग दोस्रो चरणको पहिलो खेल खेलेको हो ।

छनोटको समूह ‘बी’ मा नेपालमा नेपाल र म्यानम्मारसँगै चीन र चाइनिज ताइपेई छन् । जससँग नेपालले आगामी जुन ८ मा चीनसँग तथा जुन १० मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । 

जसबाट उत्कृष्ट टोलीले उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै