• २०८१ बैशाख १७ सोमबार

बढदो समस्यामा पुटिन- रुसी सेना कमाण्डर वाग्नर समुहकाे नियन्त्रणमा

kharibot

मस्को । युक्रेनसँग चलिरहेको युद्धको बीचमा रूसी सेना र वाग्नर समूह बीच पटकपटक मतभेद भएको रिपोर्ट बाहिर आएको छ ।

रूसी सेना र वाग्नर समूह बीच पटकपटक मतभेद भए पछि अहिले स्थिति नियन्त्रण बाहिर गइरहेको छ । समाचार अनुसार वाग्नर समूहले रूसी सेनाको शीर्ष कमाण्डरलाई बन्धक बनाएका छन् ।

यति मात्र होइन कि वाग्नर समुहले रुसी सेनाका कमाण्डरको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेको छ । यसले रूसी सेना र वाग्नर समूह बीचको विवाद प्रकट भएको हो ।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको सामाजिक सञ्जाल खातामा एउटा भिडियो पोस्ट गरिएको छ, जुन भिडियोमा रुसी सेनाको ७२ औं ब्रिगेडका कमाण्डर लेफ्टिनेन्ट कर्नल रोमन भेनेभिटिनलाई वाग्नर समूहले बन्धक बनाएको देखिन्छ । भिडिओमा मदिरा सेवन गरेका भेनेभिटिनले आफ्ना सिपाहीहरूलाई वाग्नरको काफिलेमा गोली चलाउन आदेश दिएका बताएका छन् । 

भेनेभिटिनले यो पनि भने कि ‘उनी वाग्नर समूह मन पर्दैन तर पछि उनले माफी मागे ।’ रूसी सेना र येभगेनी प्रिगोजिनको नेतृत्वमा रहेको वाग्नर समूह बीचको विवाद केही समयदेखि बढेको छ ।

गत हप्ता मात्रै, प्रिगोजिनले केही भिडियोहरू जारी गरे र सेनामाथि गम्भीर आरोप लगाएका थिए । प्रिगोजिनले भने कि बाख्मुटमा उनका सेनाहरूले पर्याप्त हतियारको आपूर्ति पाएका छैनन्। 

 प्रिगोजिनले भर्खरै दावी गरे कि उनको सेनाले विस्फोटक पदार्थ बरामद गरेको थियो, जुन रूसी रक्षा मन्त्रालयका मानिसहरूले राखेका थिए ।

यद्यपी रुसी रक्षा मन्त्रालयबाट यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । बाख्मुतमा रुसको विजयमा वाग्नर समूहको महत्वपूर्ण भूमिका थियो र अहिले वाग्नर समूहका लडाकुहरूले बाख्मुतबाट मोर्चा छाडेर रुसी सेनाले बखमुतलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रिगोजिनले दावी गरे कि उनका लडाकुहरूले रुसी रक्षा मन्त्रालयको नीतिका कारण बाख्मुतमा ठूलो क्षति बेहोरेका थिए ।

अब रुसी सेनाका कमाण्डरलाई बन्धक बनाएपछि रुसमा प्रिगोजिनको प्रभाव निकै बढेको र उनले रुसी सेनालाई जसरी खुलेर चुनौती दिइरहेका छन्, त्यसले पुटिनको समस्या बढ्नु स्वाभाविक हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै