काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा पराजित भएको छ ।
आजदेखि मलेसियामा शुरु भएको ५ टी-२० खेलको सिरिज को पहिलो खेलमा मलेसियाले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको ५१ रनको लक्ष्य पछाएको मलेसियाले १२.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १६.५ ओभरमा अल आउट हुदै ५० रन बनाएको थियो ।
मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजमा पाँच खेल हुने छन् ।
अब सिरिजको दोस्रो मे ३० मा, तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र पाँचौं खेल जुन ४ मा खेल्ने छ ।
यो जित पछि मलेसियाले १-० को अग्रता हासिल गरेको छ ।