• २०८१ बैशाख १५ शनिबार

एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको समीकरण पुरा

kharibot

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । मंगलबार सम्पन्न समुह चरणका खेलहरु सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् ।

त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा नेपालले कुवेतको सामना गर्ने छ । त्यस्तै क्वाटरफाइनलमा हङकङले थाइल्याण्डको सामना गर्ने छ भने इन्डोनेसियाले युएईको सामना गर्ने छ । त्यस्तै मलेसियाले जापानको सामना गर्ने छ ।

क्वाटरफाइनलमा खेलहरु बुधबार हुदै छन् । नेपालको खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै