• २०८१ जेठ ३ बिहीबार

रेशम चौधरीलाई आममाफी दिने निर्णयप्रति इन्सेकको आपत्ति

kharibot

काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सरकारले आममाफी दिन गरेको निर्णयप्रति अनौपचारिक सेवा कन्द्र (इन्सेक) ले आपत्ति जनाएको छ ।

इन्सेकले आइतबार एक विज्ञप्ति जारी गर्दै ज्यान मुद्दामा आरोप प्रमाणित भई जेलमा रहेका चौधरीको नाम सिफारिस गरेर जघन्य अपराधका घटनामा दोषी सावित भइसकेका कुनै पनि व्यक्तिलाई आममाफी दिनु हुँदैन भन्ने न्यायको सर्वमान्य मान्यतालाई लत्याएको भन्दै आपत्ति जनाएको हो ।

बिज्ञप्तिमा भनिएको छ- ‘कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित आठजना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई जेलमा रहेका व्यक्तिलाई सजाय माफीका लागि सिफारिस गर्नु दण्डहीनतालाई प्रश्रय दिनु हो ।’

सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै