• २०८१ जेठ १२ शनिबार

एक हजारले घट्यो सुनको मुल्य

kharibot

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मुल्य एक हजार रुपैयाँले ओरालो लागेको छ ।

बिहीबार  सुनको मुल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै